टप खबर

गणतन्त्र विरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुदैन​: प्र​धानम​न्त्री प्र​च​न्ड

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल हुन नसक्ने बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित छैटौँ सामाजिक सुरक्षा दिवस समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र र समाजवादउन्मुख राज्य व्यवस्था निर्माणको प्रक्रियाको बिरुद्ध केही कतैबाट प्रश्न उठाउने, समाजमा भ्रम सृजना गर्ने, अराजकता सृष्टि गर्ने कोशिस भएको उल्लेख गर्दै त्यस्ता प्रयास अगाडि बढ्नै नसक्ने बताएका छन् । उनले इतिहास जहिले पनि अग्रगमनतिरै अगाडि बढ्ने दाबी गर्दै पछाडि फर्कनै नसक्ने बताए ।

‘हुनत मानिसहरुले संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवादउन्मुख राज्य व्यवस्था निर्माणको प्रक्रियाको बिरुद्ध केहीँकतैबाट प्रश्न उठाउने, समाजमा भ्रम सृजना गर्ने, अराजकता सृष्टि गर्ने कोशिस भएका छन्,’ उनले भने, ‘इतिहासको चक्कालाई पछाडितिर धकेल्ने कोशिसहरु देखिएकै छ । तर तथ्य के हो भने इतिहास जहिले पनि अग्रगमनतिरै अगाडि बढ्छ । पछाडि फर्कदैन । र, हामी जबसम्म यो परिवर्तनका बाहक राजनीतिक दलहरु, नेताहरु, संघ, संस्थाहरु, बुद्धिजीविहरु, नागरिकहरु, तपाईहामी सबै निजी क्षेत्र र सार्वजनिक क्षेत्रका व्यक्तित्वहरु रहन्छौं, इतिहास पछि फर्कंदैन, अगाडिनै बढछ । त्यो विश्वास पनि म तपाईहरुलाई दिलाउन चाहन्छु । अहिले हामी नेपाललाई विश्व समुदायसामु हाम्रो हक अधिकार स्थापित गर्ने एउटा अभियानमा छौं ।

Tags

छुटाउनु भयो कि ?