राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रभावशाली नेता तथा समाजसेवी विनय रावलले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गरेका छन् ।
प्रतिनिधि सभा सदस्य तथा राप्रपाका प्रवक्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र ) मार्फत आफ्नो परिवारको तर्फबाट एक लाख रकम नगद सहित दुई सय थान सिलिपिङ ब्याग ३२ वटा तार्कुलिन टेन्ट र ३२ वटा साधारण टेन्ट गरि करिब चार लाख बराबरको व्यक्तिगत सहयोग गरेका हुन् ।
बर्दिया निवासी नेता रावलले कर्णालीको जाजरकोटस्थित रामीडाँडा केन्द्र बनाएर गएको भूकम्पका कारण ठूलो जनधनको क्षती भएको भन्दै दु:ख व्यक्त गरेका छन् । यस्तै उनले यस्तो दु:खको बेला सबै नेपालीहरु एकजुट भएर राहत र उद्धार कार्यमा जुट्नु पर्ने बताएका छन् ।
शुक्रबार राति ११:४७ मा गएको भूकम्पमा परि जाजरकोट र पश्चिम रूकुममा गरी एक सय ५७ जनाको मृत्यु भएको छ। तीन सय जनाभन्दा बढी घाइते भएका छन्।