गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ। दशैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो।गत वर्षभन्दा यस वर्ष भक्तजनको सख्या ३३ प्रतिशले बढेको मौलाकालिका मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ।
सप्तमी, अष्टमी र महानवमीको तीन दिनमा करिव ६० हजार भक्तजनले दर्शन गरेको मौलाकालिका अनुमगन तथा मुल्यांकन समितिका संयोजक काशिनाथ कंडेलले जानकारी दि । ‘मौलाकालिकामा स्थापना कालदेखि नै भक्तजनको आक्रषर्ण छ।
गत बैशाख ०१ गते केवलकार बनेपछि भक्तजनको चाप बढेको छ,’ उनले भने ‘महानवमीको दिनमा आफ्नै घरमा पुजा गर्नेदिनमा कम आउने दिन हुँदा हुँदैपनि आजपनि मानिसहरु १५ हजारको हाराहारीमा आउनुभएको छ।’ कंडेलका अनुसार अघिल्ला बर्षको दशैँमा ४० हजारको हाराहारीमा भक्तजन मन्दिर दर्शन गर्न आउने गरेका थिए।
मन्दिरमा केवलकार, मोटरबाटो र गोरेटो बाटोबाट जान सकिन्छ । सडक मार्ग र केवलकार बनेपछि भक्तजनलाई आउन जान सहज भएको उनले बताए।धार्मिक सेवा समिति मौलालिकाले भक्तजनको भिड बढेपछि व्यवस्थापनलाई समेत विशेष बनाएको छ । अपाङ्ग, ज्येष्ठ नागरिकलाई दर्शनका लागि छुट्टै व्यवस्थापन गरेको धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाले जानकारी दिए।