टप खबर

सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता

Lumbinikhabar Online

सरकार र सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ । सरकार र ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ का प्रतिनिधिहरुबीच गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएको हो । वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि उपस्थित रहेका थिए ।

 

सहमतिपत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा. दिपेन्द्ररमण श्रेष्ठ र संघर्ष समितिका संयोजक डा शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् । यससँगै चिकित्सकहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएका छन् ।

Tags

छुटाउनु भयो कि ?