टप खबर

जीबी राई कहिले पक्राउ पर्छन् ? यो जनताको प्रश्न हो मेरो होइन: मुकुल ढकाल

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ता पदबाट निलम्बित मुकुल ढकालले सभापति रवि लामिछानेमाथि गम्भीर आरोप लगाएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सभापति लामिछानेका गल्तीको दोष अरुलाई थोपर्ने क्रममा आफू पनि शिकार भएको बताए ।

 

‘ग्यालेक्सी टेलिभिजनमा गल्ती जीबीले गरे रविले गरेनन् । अहिले रास्वपामा पनि महामन्त्रीले गल्ती गरे उहाँले गल्ती गर्नु भएन’, उनले भने, ‘रवि लामिछानेले यो देशको सबैभन्दा सफल गृहमन्त्री भएँ भन्नु भयो । तर उहाँले आफ्ना गल्ती सबै अरुलाई थोपर्नु भयो ।’उनले पार्टी सभापतिभन्दा माथि जनता भएकाले आफूले पार्टीका कुरा जनतामाझ राखेको तर्क गरे । ‘पार्टी सभापतिका कुरा मैले जनतामाझ गएर गरेको हुँ । सभापतिभन्दा माथि जनता छन्, जनताले जे भने मैले त्यही गरेको हो’, उनले भने, ‘जीबी राई कहिले पक्राउ पर्छन् ? यो जनताको प्रश्न हो मेरो होइन ।’

Tags

छुटाउनु भयो कि ?