टप खबर

नागढुंगा–मुग्लिङ सडक दुई साता रातिको समयमा बन्द हुने

Lumbinikhabar Online

नागढुंगा–मुग्लिङ सडक दुई साता रातिको समयमा बन्द हुने भएको छ । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डांगडुंग खोला, खेस्टे खोला र पोखरे खोला पुलको काम हुने भएकाले सवारी आवागमनमा रोक लगाइएको हो ।

 

सडक भोलि (बुधबार)देखि साउन ९ गतेसम्म हरेक दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म पूर्णरूपमा बन्द रहने छ । तर, एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन चल्न सक्ने छन् ।

 

मंगलबार एक विज्ञप्तिमार्फत नागढुंगा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले यस अवधिमा वैकल्पिक मार्गको रूपमा गल्छी–विदुर छहरे टोखा सडक प्रयोग गर्न सकिने जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?