टप खबर

बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचियो: स्वर्णिम वाग्ले

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचिएको दाबी गरेका छन् ।  ‘शुक्रबार राति बेचन पक्राउ पर्ने र शनिबार सरकार ढाल्ने प्रपञ्च रचिनुलाई नेपाली जनताले चासोको रूपमा हेरेका छन्,’

 

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने । रास्वपाका प्रमुख सचेतक सन्तोष परियार लगायतका सांसदहरूले पनि बेचन झा पक्राउ परेपछि सरकार ढलेको दाबी गरेका छन् ।

 

नेकपा माअ‍ोवाद िकेन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गर्ने दलहरुले बेचन झाकै गिरफ्तारीका कारण सरकार ढाल्न खोजिएको बताउँदै आएका छन् ।

Tags

छुटाउनु भयो कि ?