टप खबर

एमालेले राजीनामा दिएका आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई

Lumbinikhabar Online

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राजीनामा दिएका नेकपा एमालेका आठ जना मन्त्रीहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेका छन् । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वधार मन्त्री रघुवीर महासेठसहित राजीनामा दिएका आठ मन्त्रीको जिम्मा राष्ट्रपति पौडेलले अर्को व्यवस्थता नहुन्जेललाई प्रधानमन्त्री दाहालले तोक्ने गरी बिहीबार तोकेका हुन् ।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती थिए ।

Tags

छुटाउनु भयो कि ?