टप खबर

प्रधानमन्त्री प्रचण्डको अडान – राजीनामा नदिने र विश्वासको मत लिने

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने र विश्वासको मत लिने अडान दोहोर्‍याएका छन्। राजीनामा दिन  बिहान बालुवाटार पुगेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित रास्वपाका मन्त्रीहरूलाई राजीनामा नदिन आग्रह गर्दै प्रधानमन्त्री प्रचण्डले  संवैधानिक अधिकार प्रयोग गर्ने बताएका हुन्।

‘प्रधामन्त्रीले म विश्वासको मत लिन्छु। सदनलाई फेस गर्छु। मेरो संवैधानिक अधिकार प्रयोग गर्छु भन्नुभयो। अहिले राजीनामा नगरिदिनुहोस् भन्नुभयो’, उनले प्रधानमन्त्रीको भनाइ सुनाउँदै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भने, ‘हामीले तपाईंको संवैधानिक अधिकारको सम्मान गर्छौं। त्यसो हो भने तपाईं चाँडै गर्नुहोस् भनेर भन्यौँ। उहाँले विश्वासको मत चाँडै लिनुपर्‍यो। हामी त्यतिबेलासम्म उहाँलाई साथ दिन्छौँ।’

Tags

छुटाउनु भयो कि ?