टप खबर

राजदुतलाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुगेन : प्रधानमन्त्री

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणअघि राजदुत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुयाउन नसकेको बताउनुभएको छ । सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले भारत भ्रमणमा जानुपर्ने विषयलाई ध्यान दिएर केही दिन ढिला गर्न सकिने भएपनि ध्यान नपुगेको स्वीकार गर्नुभयो । उहाँले शर्माले भारत भ्रमणका क्रममा सक्रिय भुमिका खेलेको बताउनुभयो । प्रधानमन्त्री दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद विघटन बाध्यता भएको धारणालाई लिएर सरकारमा कुनै नराम्रो हुने स्थिति नरहेको बताउनुभयो । उहाँले ओलीले सो धारणा सधैँ राख्दै आउनुभएको र पार्टीको कार्यक्रममा उक्त धारणा राख्नुलाई सामान्य रुपमा लिएको बताउनुभयो ।

Tags

छुटाउनु भयो कि ?