टप खबर

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित

Lumbinikhabar Online

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा गाजा क्षेत्रमा युद्धविराम गर्ने अमेरिकाको प्रस्ताव अत्यधिक बहुमतले पारित भएको छ । सुरक्षा परिषदमा रहेका १५ मध्ये १४ सदस्य राष्ट्रले युद्ध विराम गर्ने पक्षमा मतदान गरेका थिए । रुस भने मतदानमा सहभागी भएन ।

 

प्रस्तावमा ‘पूर्ण र पूर्ण युद्धविराम’, हमासद्वारा बन्धकहरूको रिहाई, मृत बन्धकहरूको अवशेष फिर्ता र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका लागि सर्तहरू राखिएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार गाजामा तीन चरणमा युद्धविराम लागु गर्ने उल्लेख छ । ती शर्तहरु कतारमार्फत् हमाससमक्ष पठाइएको छ ।

 

इजरायलले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको र हमासलाई पनि यसमा सहमत हुन आग्रह गरेको प्रस्तावमा उल्लेख छ । पहिलो चरणमा बन्धक बनाइएकालाई रिहा गर्ने तथा ज्यान गुमाइसकेको शव फर्काउने, इजरायली सेना गाजा क्षेत्रबाट हट्न सुरु गर्ने, विस्थापित भएकाहरुलाई घर फर्किन दिने प्रस्ताव छ ।

Tags

छुटाउनु भयो कि ?