टप खबर

गिरिबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई कांग्रेसको चुनौती

Lumbinikhabar Online

नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जोडिएको भनिएको झापास्थित गिरिबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई चुनौती दिएको छ ।

 

बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु प्रकरणमा कांग्रेसमाथि विभिन्न आरोप लगाउने प्रयास भएको भन्दै त्यसको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिए ।

 

कांग्रेसले बेचेर ७० बिघा खायो भन्ने एमाले अध्यक्ष ओलीको अभिव्यक्ति प्रमाणित गर्न र आफूहरूलाई दण्डित गर्न उनले गृहमन्त्रीलाई आग्रहसमेत गरे । शर्माले गिरीबन्धुको फाइल खोल्ने त परको कुरा यस विषयमा गृहमन्त्री लामिछानेले बोल्नसमेत नसक्ने तर्क गरे ।

Tags

छुटाउनु भयो कि ?