टप खबर

मधेश प्रदेश सरकारबाट बाहिरिने एकीकृत समाजवादी पार्टीको निर्णय

Lumbinikhabar Online

नेकपा (एकीकृत समाजवादी) पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंगलवार बसेको पार्टी संसदीय दलको बैठकबाट मधेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

 

नेकपा (एकिकृत समाजवादी) पार्टीको सरकारबाट बाहिरिने निर्णय गरेसँगै एकीकृत समाजवादीका मन्त्रीहरु गोविन्द न्यौपाने र बेची लुङ्गेली मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाउन मुख्यमन्त्री निवास पुग्दा मुख्यमन्त्री यादव निवासबाट बाहिरिनु भयो ।

 

एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि बुधबार विश्वासको मत लिन लागेका मुख्यमन्त्री यादवका लागि संकट बढ्दै गइरहेको छ ।

Tags

छुटाउनु भयो कि ?