टप खबर

बजेट २०८१/८२, कुन मन्त्रालयमा कति बजेट ?

Lumbinikhabar Online

सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलवार संसदबाट बजेट सार्वजनिक गरे । जसमा चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ (६१.३१ प्रतिशत) र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ (१८.९४ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड (१९.७४ प्रतिशत)विनियोजन गरिएको छ ।

 

कुन मन्त्रालयमा कति बजेट ?

 

 

 

 

-कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड रुपैयाँ

 

-सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ३५ करोड रुपैयाँ

 

-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ९१ करोड रुपैयाँ

 

-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्व २८ करोड रुपैयाँ

 

-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ

 

-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको लागि ६ अर्ब ८२ करोड रुपैयाँ

 

-वन तथा वातावरण मन्त्रालयको लागि १५ अर्ब ७० करोड रुपैयाँ

 

-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तर्फ २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ

 

-स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तर्फ ८६ अर्ब २४ करोड रुपैयाँ

 

-खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ

 

-युवा तथा खेलकुद मन्त्रालयको लागि ३ अर्ब ५० करोड रुपैयाँ

 

-महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि १ अर्ब ६० करोड रुपैयाँ

 

-भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ

 

-शहरी विकास मन्त्रालय तर्फ ९२ अर्ब ६३ करोड रुपैयाँ

 

-रक्षा मन्त्रालयको लागि ५९ अर्ब ८७ करोड रुपैयाँ

 

-गृह मन्त्रालय तर्फ १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ

 

-परराष्ट्र मन्त्रालयको लागि ६ अर्ब ७७ करोड रुपैयाँ

Tags

छुटाउनु भयो कि ?