टप खबर

सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन

Lumbinikhabar Online

सहकारी ठगी प्रकरण छानबिनका लागि सरकारले संसदीय समिति गठन गरेको छ । सरकारले मंगलबार ७ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरिएको संसद् सचिवालयले जनाएको छ ।

 

समितिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ नेकपा एमालेबाट दुई–दुई र नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना सांसद राखिएको छ । संसद सचिवालयका अनुसार कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापाक्षेत्री छन् ।

Tags

छुटाउनु भयो कि ?