टप खबर

संविधान परिमार्जन गरेर अगाडि बढ्नुपर्छ: शेखर कोइराला

Lumbinikhabar Online

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधान परिमार्जन गरेर अगाडि जानुपर्नेमा जोड दिएका छन् । कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आयुर्वेद क्याम्पस ईकाइले सोमबार कीर्तिपुरमा नवआगन्तुक विद्यार्थीहरुलाई गरेको स्वागत कार्यक्रम सम्बोधन गर्दै उनले संविधान परिमार्जन गरेर अगाडि जानु पर्नेमा जोड दिएका हुन् ।

‘केही साथीहरु संविधान संशोधन गरियो भने पेन्डोरा बक्स खुल्छ भन्नुहुन्छ । संविधान जारी गर्ने बेला पनि यही कुराहरु गरिएको थियो,’ कोइरालाले भने, ‘अहिले संविधान जारी गरियो भने अप्ठ्यारो परिस्थितिमा पर्छौं भनिएको थियो । तर, हामीले संविधान जारी ग¥यौँ, चल्दैछ । यसमा परिमार्जन गरेर अगाडि जानु पर्नेछ ।’ मुलुकमा भ्रष्टाचारले अत्यन्तै अप्ठ्यारो परिस्थिति सिर्जना गरेको भन्दै उनले राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन आफ्नोे अभियान भएको बताए ।

Tags

छुटाउनु भयो कि ?