टप खबर

कांग्रेसले गरेको अवरोधको मूल्य आउँदो चुनावमा चुकाउँछ : प्रधानमन्त्री दाहाल

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसले संसदमा गरेको अवरोधको मूल्य आउँदो चुनावमा चुकाउने बताउनुभएको छ ।सोमबार विश्वास मत पाएपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

 

प्रधानमन्त्री दाहालले अहिलेको कांग्रेसको गतिविधिको मूल्य आगामी निर्वाचनमा चुकाउनुपर्ने टिप्पणी गर्नुभयो । नेपाली कांग्रेसले सोमवार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा विरोध जनाएको थियो । जवाफमा प्रधानमन्त्री दाहालले धेरै ठूलो मूल्य चुकाउने चेतावनी दिनुभएको थियो । प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने बेलामा कांग्रेसले अवरोध गरेपछि उक्त गतिविधि महँगो पर्ने भन्दै इतिहासमा कलंकको रुपमा स्थापित हुने चेतावनी दिनुभएको थियो ।

 

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रधानमन्त्री बोलिरहँदा समेत प्रमुख प्रतिपक्षी कांग्रेसले वेल घेराउ र नाराबाजी गरिरहेको थियो । कांग्रेसको अवरोधकाबीच पनि प्रधानमन्त्रीलाई एक सय ५७ सांसदले विश्वास मत दिएका छन् ।

Tags

छुटाउनु भयो कि ?