टप खबर

जलेश्वर नगरपालिकाका मेयर–उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा द​र्ता

Lumbinikhabar Online

महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर–उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दामा मेयर सुरेश साह, उपमेयर रौशन खातुनसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत साथै उपभोक्ता समितिका पदाधिकारी विरुद्ध मुद्दा दर्ता गरेको हो ।

 

जलेश्वर नगरपालिका- १ स्थित हाटबजार क्षेत्रमा ०७९–८० मा गरिएको ढलानमा गुणस्तरहीन सामग्री प्रयोग गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूमाथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत छैटौं धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी, सव-इन्जिनियर दीपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, वडा नम्बर १ का अध्यक्ष अनिलकुमार झा, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषीदेवीलाई मुद्दा चलाएको छ ।

Tags

छुटाउनु भयो कि ?