टप खबर

न्यायपालिका सुधारका लागि सबैले जोड दिनुप​र्छ: प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ

Lumbinikhabar Online

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको सुधार न्यायालयको मात्र विषय नभएर सबै सरोकारवालाहरुको विषय भएको बताएका छन् । कानुन दिवसको अवसरमा बुधबार शुभकामना दिँदै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाका सुधारका लागि सबैले काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

 

’न्यायपालिकाको क्रमिक र समयसापेक्ष सुधारको विषय न्यायापालिका मात्रको विषय नभई यसका सबै सरोकारवालाहरूको साझा चासो र सरकारको विषय हो भन्ने कुरामा म विश्वस्त छु ।’ उनले भनेका छन् ।  प्रधानन्यायाधीश श्रेष्ठले पछिल्लो समय अदालतमा पुराना मुद्दाहरूको फर्छ्यौटको क्रम बढेको बताएका छन् । उनले स्वच्छ एवं स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउन सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

Tags

छुटाउनु भयो कि ?