टप खबर

पार्टी विभाजनविरुद्ध जसपा अदालत जाने

Lumbinikhabar Online

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा छ ।

पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्न आज केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बस्ने बैठकले निर्णय गर्ने छ । यादवले पार्टी विभाजन गर्ने अशोक राईसहितको निर्णयविरूद्ध सर्वोच्च अदालत जाने निर्णय लिएका हुन् । संघीय परिषद् अध्यक्ष राईले सात सांसद र ३० जना केन्द्रीय सदस्यहरूसहित आइतबार जसपा फुटाएर नयाँ दल दर्ता गरिसकेका छन् ।

 

 

 

Tags

छुटाउनु भयो कि ?