टप खबर

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

Lumbinikhabar Online

आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन । आजको दिनलाई मातातीर्थ औँसी पनि भन्ने गरिन्छ ।

 

आमाले आफ्ना सन्तानका लागि गर्ने दुख, कष्ट र त्याग अतुल्य हुने भन्दै नेपाली समाजमा आज आमाको सम्मानार्थ यो पर्व मनाउने गरिन्छ । छोराछोरीले आज आमालाई मीठामीठा खानेकुरा, लुगालगायतका उपहार दिएर खुशी बनाउने परम्परा रहेको छ ।

 

आमा नहुनेले भने आज तर्पण दिएर, श्राद्ध गरेर आमाको सम्झना गर्दछन् । आज काठमाडैंको थानकोट नजिकै रहेको मातातीर्थमा आमाको सम्झना गर्दै श्राद्ध, तर्पण गर्नेको भीड लाग्दछ ।

Tags

छुटाउनु भयो कि ?