टप खबर

जंगलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

Lumbinikhabar Online

काभ्रेको जंगलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जंगलमा आगो लगाएको आरोपमा पाँचजना पक्राउ परेका हुन् ।

आगो लगाएको अभियोगमा मैते तामाङ, विकास भुजेल, सविन सुनार, आइतीमाया तामाङ र लालकुमार सेन ठकुरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उक्त वनमा लागेको आगो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न स्थानमा ठूलो क्षति भएको थियो । आगलागीका कारण १५ घर नष्ट हुँदा करिब दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको थियो ।

Tags

छुटाउनु भयो कि ?