टप खबर

भारतका प्रधानन्यायाधीश नेपाल भ्रमणमा

Lumbinikhabar Online

भारतीय प्रधानन्यायाधीश डा. धनञ्जय यशवन्त (डी वाई) चन्द्रचूड नेपालको औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् ।नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा चन्द्रचूड शुक्रबार अपराह्न ४ बजे काठमाडौं आइपुगेका हुन् ।

उनले केन्द्रीय बाल न्याय समन्वय समितिले शनिबार आयोजना गर्ने कार्यक्रमलाई मुख्य वक्ताको रूपमा सम्बोधन गर्नेछन् । उनलाई स्वागत गर्न सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराई, मुख्य रजिस्ट्रार देवेन्द्र ढकाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत विमानस्थल पुगेका थिए ।

शनिबार साँझ नै उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसँग भेट्ने कार्यतालिका रहेको छ । शनिबार राति नै प्रधानन्यायाधीश श्रेष्ठले रात्रीभोजको आयोजना समेत गरेका छन् ।

भ्रमण दलमा उनकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा रहेका छन् । उनी आइतबार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Tags

छुटाउनु भयो कि ?