टप खबर

सहकारी समस्या समाधान गर्न पूर्वन्यायाधीश गौतमको नेतृत्वमा समिति गठन

Lumbinikhabar Online

सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहकारीका समस्या समाधानका लागि सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गरेको हो ।

 

समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश गौतमलाई नियुक्त गर्ने भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

 

‘समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश श्री रमणकुमार गौतमलाई नियुक्त गर्ने । यसको कुरा पहिला पनि उठेको नै थियो । यसको समस्या समाधान गर्नु नै थियो । त्यही समस्या समाधानका लागि एउटा समिति गठन भएको छ ।’ शर्माले भनिन्।

 

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका छन् । उनी सहकारी ठगीमा जोडिएको भन्दै नेपाली कांग्रेसले छानबिन हुनुपर्ने माग गरिरहेको  छ ।

Tags

छुटाउनु भयो कि ?