टप खबर

पशुपतिको जलहरी प्रकरणका सबै अभियुक्तले सफाइ पाए

Lumbinikhabar Online

पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भएको भनिएको भ्रष्टाचार प्रकरणमा सबै अभियुक्तले विशेष अदालतबाट सफाइ पाएका छन् ।

 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार सफाइ पाउने निर्णय गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १४ गते पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. प्रदीप ढकाल र पूर्वकोषाध्यक्ष एवम् तत्कालीन सदस्यसचिव डा. मिलनकुमार थापासहित तीनजनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो ।

 

अख्तियारले पशुपति क्षेत्र विकास कोषमा कार्यरत बिसेट नाइके (स्टोर किपर) अरुण कुमार श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको थियो । अख्तियारले जलहरी राख्ने क्रममा करिब डेढ किलो सुन हिनामिना भएको दाबी गरेको थियो । उनीहरुमाथि एक करोड १७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो ।

 

अख्तियारको दावी अनुसार, पशुपति क्षेत्र विकास कोषले नेपाल राष्ट्र बैंकबाट १०२ किलो ६१४ ग्राममात्रै शुद्ध सुन खरिद गरेको थियो । जलहरी निर्माणमा १०० किलो ८५ ग्राममात्रै शुद्ध सुन फरक परेको थियो । त्यही घटनालाई भ्रष्टाचार भएको भनी अख्तियारले मुद्दा दायर गरेको थियो ।

Tags

छुटाउनु भयो कि ?