टप खबर

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा आज सुनुवाइ

Lumbinikhabar Online

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाविरुद्ध गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । गत सोमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा तोकिएको मुद्दा हेर्न नभ्याइनेमा परेपछि आजका लागि पेसी तोकिएको हो ।

 

त्यसअघि वैशाख ३ गते न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ मा पीडित गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो । यसअघि काठमाडौं जिल्ला अदालतबाट तीन पटकसम्म पीडित गौशाला २६ को जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश भएको थियो भने उनकी आमाको । जन्मदर्ता समेत झिकाएको थियो ।

Tags

छुटाउनु भयो कि ?