टप खबर

आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने माधव नेपालको चेतावनी

Lumbinikhabar Online

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तैउस्तै रहेको टिप्पणी गरे । नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गरे । राजनीतिक स्थायित्व देशलाई चाहिएको उनको भनाइ छ ।

उनले राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि चाहिएको बताए । देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवर्द्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने बताए ।

Tags

छुटाउनु भयो कि ?