टप खबर

नेता आफताब आलमलाई जन्म कैदको सजाय

Lumbinikhabar Online

रौतहट जिल्ला अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आलमलाई जन्मकैदको फैसला सुनाएको हो ।

 

उनीमाथि अदालतले २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोग थियो ।

 

अदालतले उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।  त्यस्तै मुक्ति साहले सफाइ पाएका छन् भने मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको छ ।

Tags

छुटाउनु भयो कि ?