टप खबर

सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने सरकारको निर्णय

Lumbinikhabar Online

सरकार सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णयरले गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक कानूनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताले भोग्नुपरेको समस्या समाधानका लागि प्रक्रिया तत्काल सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । त्यस्तै बैठकले उच्च अदालत पाटनका न्यायाधीश सुदर्शन देव भट्टलाई अदालतका कामकाजसमेत हेर्ने गरि काठमाडौं उपत्यका प्राधिकरणको पुनरावेदन समितिको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।

Tags

छुटाउनु भयो कि ?