टप खबर

डढेलो गाउँसम्म फैलिँदा खोटाङमा १३ घर जलेर नष्ट

Lumbinikhabar Online

सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ घर खरानी भएको छ । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ घर, सात मचान र दुई गोठ खरानी पारेको हो । क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन ।

बराहपोखरी–१ का वडाध्यक्ष ढकबहादुर कार्कीका अनुसार, भीरगाउँका मोहनलाल थापामगरका दुई घर र मचान, पूर्णबहादुर मगरको एउटा घर र तीन मचान, भद्रसिंह मगरको घर र दुई गोठ, सुवास थापामगरको घर र मचान र मदन थापामगरको घर जलेको छ । यस्तै, डढेलोले डान्सिङटारका गंगामाया मगरका दुई घर र दुई मचान, ४० बाख्रा, आधा तोला सुन, नगद ५० हजार रुपैयाँलगायत सामग्री जलेको छ ।

 

Tags

छुटाउनु भयो कि ?