टप खबर

उपनिर्वाचनको मौन अवधि शुरु, प्रचारप्रसार गर्न रोक

Lumbinikhabar Online

वैशाख १५ मा हुने उपनिर्वाचनका लागि मौन अवधि शुरु भएको छ । बुधवार राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । निर्वाचन आचारसंहिता अनुसार मतदानको ४८ घण्टा अघिबाट मौन अवधि सुरु हुन्छ । मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन ।

 

मौन अवधिमा सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।आगामी शनिबार इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभाको लागि र बझाङ क्षेत्र नं १ ‘क’ म प्रदेश सभाको लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानीका लागि अनुगमन गर्न विशेष संयन्त्र बनाएको जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?