टप खबर

विपिन जोशीको रिहाइमा थप पहल गर्ने कतारी राजाको आश्वासन

Lumbinikhabar Online

नेपाल भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिनहमाद अल थानीले इजरायलमा रोजगारीमा रहेका बेला गत ७ अक्टोबरमा विद्रोही समूह हमासले अपहरण लगेका कञ्चनपुरका नेपाली युवा विपिन जोशीको रिहाइमा थप पहल गर्ने आश्वासन दिएका छन् ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले प्यालेस्टाइनमा हमास विद्रोही समूहको नियन्त्रणमा रहेको भनिएका विपिन जोशीको रिहाइका लागि प्रयास गरिदिन सँग आग्रह गरेका छन्। लामो समयदेखि हमासको कब्जामा रहेका भनिएका जोशीको रिहाइका लागि यसअघि नेपालले कतारलाई आग्रह गरिसकेको छ । कतारले हमास र इजरायलबीच शान्तिवार्तामार्फत् युद्धविराम पहल गर्दै आएको छ ।

Tags

छुटाउनु भयो कि ?