टप खबर

राजीनामा झोलामा बोकेर हिँडेका छौँ, काम गर्न नपाए छोड्छौँ : रवि लामिछाने

Lumbinikhabar Online

गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजीनामा पत्र झोलामा बोकेर हिँडेको भन्दै काम गर्न नसके सरकार छोड्ने बताएका छन् ।

इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले काम गर्न नसकेको खण्डमा सरकारमा टाँसिएर नबस्ने र डेट मात्रै लेख्न मिल्ने गरी राजीनामा बोकेर हिंडेको बताए । ‘काम गर्न नसकेको दिनमा, काम गर्न नपाएको दिनमा सरकारमा टाँसिएर झुन्डिएर बस्ने हाम्रो स्वभाव होइन । काम गर्न पाइएन भने डेट मात्र लेख्न मिल्ने गरेर राजीनामा खल्तीमा बोकेर हिँडेका छौँ हामी सबै मन्त्रीहरू । जुको टाँसिएझैँ टाँसिने र प्रधानमन्त्रीले गलहत्त्याएर निकाल्नुपर्ने अवस्था रास्वपाको हुँदैन ।’

उनले आफ्नो पार्टीका मन्त्रीहरूले १०० दिनमै उल्लेख्य उपलब्धि हासिल गर्ने पनि दाबी गरे । ‘१०० दिनमा हामीले लिएका प्रत्येक मन्त्रालयसँग देखाउने १०० वटा कामको सूची हुन्छ । कतिपय काम शान्त भएर गर्नुपर्ने रहेछ ।’ उनले भने, गृह मन्त्रालय अलिकति संवेदनशील भएकाले यहाँ भइरहेका कामबारे मैले बताउन मिल्दैन । तर, नतिजा आएपछि सबैलाई थाहा हुन्छ ।’

Tags

छुटाउनु भयो कि ?