टप खबर

वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भ​त्किन्छ: गगन थापा

Lumbinikhabar Online

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गर्नुभएको छ । शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।

 

महामन्त्री थापाले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गर्नुभयो । उहाँले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको बताउनुभयो । चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको बताउनुभयो ।

 

महामन्त्री थापाले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताउनुभयो । उहाँले चुनाव अघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताउनुभयो । इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति भल्दैन भन्ने सन्देश दिन जरुरी रहेको बताउनुभयो ।

Tags

छुटाउनु भयो कि ?