टप खबर

आन्दोलनमा क्षति गरेको भन्दै जरिवाना तिर्न राप्रपालाई महानगरको पत्र

Lumbinikhabar Online

आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएको दाबी गर्दै काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई जरिवाना तिर्न पत्र पठाएको छ ।

शुक्रबार राप्रपाको कार्यालय धुम्बाराहीमा महानगरले पत्र पठाएको बताइएको छ । ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले मर्मत गर्न लाग्ने शुल्क २२२ रुपैयाँ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम ५ हजार जरिवाना तिराउने निर्णय भएको भन्दै महानगरले पत्र पठाएको छ । पत्रमा एनआईसी एसिया बैंकमा रहेको खातामा रकम दाखिला गर्न भनिएको छ ।

 

 

Tags

छुटाउनु भयो कि ?