टप खबर

इजरायलमा बेपत्ता विपिन जोशीको परिवार र प्रधानमन्त्री बिच भेट

Lumbinikhabar Online

हमासको आक्रमणपछि इजरायलमा बेपत्ता विपिन जोशीको परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सकुशल उद्धारको पहल गरिदिन आग्रह गरेको छ । शुक्रबार बिहान बालुवाटारमा जोशीका बुवा–आमासहितको टोलीले प्रधानमन्त्रीलाई भेटेर विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताएका छन् ।  गत असोज २० गते किबुजस्थित कृषि फार्ममा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । कञ्चनपुरको भीमदत्त नगरपालिका(३ का जोशी भने सम्पर्कविहीन भएका थिए ।

 

हमासले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये ५० जनालाई रिहा गर्ने सहमति गरेको थियो । तर त्योभन्दा बढी संख्यामा रिहाइ गरे पनि विपिनको अवस्था थाहा हुन सकेको छैन् ।

Tags

छुटाउनु भयो कि ?