टप खबर

विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र भेटियो एक किलो सुन

Lumbinikhabar Online

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै एक किलो सुन भेटिएको छ । भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको इन्डिगो एयरको सिट पछाडीको पकेटभित्र १ किलो ७० ग्रामसुन भेटिएको हो ।

 

जहाजको सिट नम्बर २७ चार्लीको पछाडि तथा २८ चार्लीको अगाडि सिट पकेटको तलपट्टि कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुन भेटिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले जानकारी दिए ।

 

उक्त सुन कस्ले राखेको अझै पहिचान भएको छैन । उक्त जहाज बुधवार बिहान मात्र जहाज अवतरण गरेका थियो ।

Tags

छुटाउनु भयो कि ?