टप खबर

इजरायलमा नेपाली सुरक्षित छन्: इजरायल स्थित नेपाली दूतावास

Lumbinikhabar Online

इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई इरानी आक्रमणले कुनै असर नगरेको र सबै सुरक्षित रहेको जानकारी दिएको छ । दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि नेपालीहरू भने सुरक्षित रहेको जानकारी गराएको हो ।

 

‘इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणबाट यहाँ बसोबास गर्ने नेपाली नागरिकहरुलाई कुनै असर नपरेको र सबै नेपालीहरु सकुशल अवस्थामा रहुनुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

 

आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा आक्रमण गरिरहेको छ । दूताबासले आईतवार विज्ञप्ति निकालेर अत्यावश्यक काम नपरी बाहिर ननिस्किन भनिसकेको छ ।

Tags

छुटाउनु भयो कि ?