टप खबर

आन्दोलनमा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेबाट क्षतिपूर्ति भराउने गृह मन्त्रालयको निर्ण​य

Lumbinikhabar Online

गृह मन्त्रालयले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेहरूबाट क्षतिपूर्ति भराउने भएको छ, गृहमन्त्री रवि लामिछानले आन्दोलनका क्रममा भएकारहुने क्षतिको भर्पाइका लागि आयोजक (व्यक्ति, संस्था वा दल) लाई बिल पठाउने र सरकारी बाँकीसरह उठाउने निर्णय भएको जनाएका छन् । शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान रहेको तर आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने छुट कसैलाई नभएको उनको भनाइ छ ।

‘शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ। यो लोकतन्त्रको सौन्दर्य हो। तर, आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन।त्यसैले, आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाईका लागि आयोजक (व्यक्ति, संस्था वा दल)लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ। मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ। बिल चाँडै पठाइने छ। ,’ लामिछानले फेसबुकमार्फत भनेका छन् ।

Tags

छुटाउनु भयो कि ?