टप खबर

गण्डकी सरकारलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्चको आदेश

Lumbinikhabar Online

सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले बुधबार सरकारका नाममा यस्तो आदेश जारी गरेको हो ।

 

गण्डकीमा सभामुखलाई समेत संलग्न गराएर मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्ति भएपछि मंगलबार निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट हालेका हालेका थिए । त्यसमाथि सर्वोच्चले सुनुवाई गरेको हो ।

Tags

छुटाउनु भयो कि ?