टप खबर

बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव छैन : झलनाथ खनाल

Lumbinikhabar Online

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव नहुने बताउनुभएको छ । मंगलवार काठमाडौंमा समाजवादी मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सम्मानित नेता खनालले क्रान्ति बालुवाटार र संसदबाट मात्रै सम्भव नरहेको जिकिर गर्दै क्रान्तिका लागि सबैभन्दा ठूलो माध्यम सडक रहेको बताउनुभयो । उहाँले सडकबाट जनताका आवाजहरु बुलन्द गरी एकत्रित बनाएर आन्दोलित हुन जरुरी रहेको बताउनुभयो । उहाँले सदन र सडकलाई सँगसँगै उपयोग गरेमात्रै समाजवादी क्रान्ति सम्भव हुने बताउनुभयो ।

नेता खनालले जनताको इच्छालाई बुझेर एकतावद्ध गरी आन्दोलित गर्ने कामहरु नगरीकन नेपाली विशेषताको समाजवाद आउन नसक्ने बतउनुभयो । उहाँले अहिलेको सरकार विचार मिल्नेहरुको सरकार भएकाले प्रगतिशील नीतिका कार्यक्रमहरु अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

Tags

छुटाउनु भयो कि ?