टप खबर

दुर्गा प्रसाईँको हातहतियार इजाजत विषयमा छानबिन गर्न समिति गठन

Lumbinikhabar Online

सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । बिहीबार छानबिन समिति गठन गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको हो ।

 

समितिको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डे छन् । समितिका अन्य सदस्यहरूमा गृह मन्त्रालयको कानुन शाखाका उपसचिव ऋषि पौडेल, प्रहरीका एसपी सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव छन् ।

Tags

छुटाउनु भयो कि ?