टप खबर

मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु , ४ जना घाइते

Lumbinikhabar Online

मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मुगुको गमगढीबाट सोरू गाउँपालिका तारापानीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ज ००५९ नम्बरको जिप बुधबार दिउँसो ४ बजेतिर सोरूको कच्चे भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा सोरू गाउँपालिका–७ का जिप चालक कविराज नेपाली र सोरू–२ की २५ वर्षीया कुसुम नेपालीको घट्नास्थलमै मृत्यु भएको छ । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको छ र एक जनाको अवस्था गम्भीर छ । जिपमा ६ जना थिए ।

Tags

छुटाउनु भयो कि ?