टप खबर

दुर्गा प्रसाईंका अङ्गरक्षक भनिएकाको परिवारले दायर गरे बन्दी प्रत्यक्षीकरणको रिट

Lumbinikhabar Online

सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका दुई जनाकै परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अङ्गरक्षक भनिएकाहरू अत्याधुनिक हतियार र गोलीसहित सर्वोच्च अदालत परिसरमा पुगेको अवस्थामा सोमबार पक्राउ परेका थिए । पक्राउ पर्नेमा दीपक खड्का र रामकुमार धिताल छन् ।

मङ्गलबार उनीहरूका पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् । रिट निवेदन दिनेमा रिया राजवंशी धिमाल र शान्ता खड्का रहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । उक्त रिट निवेदनमाथि बुधबार सुनुवाइ हुने भएको छ ।

Tags

छुटाउनु भयो कि ?