टप खबर

महरालाई तत्काल कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

Lumbinikhabar Online

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् ।आतबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर गृहमन्त्री लामिछानेले महरालाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । गृहसचिव एकनारायण अर्याल समेत भेटघाटमा गृहमन्त्रीले सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र महरालाई कारवाही गर्न निर्देशन दिएका हुन् । त्यसै अनुसार कारबाही गर्न निर्देशन दिइएको स्रोतले जनाएको छ ।

यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो ।

Tags

छुटाउनु भयो कि ?