टप खबर

प्रचण्ड र ओलीले द्वारा माधव नेपाललाई स​र​कारमा जाने प्रस्ताव

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग झण्डै दुई घण्टा छलफल गरेका छन् । नयाँ गठबन्धन बनाएपछि सोमबार नै अध्यक्ष नेपाललाई भेटेका प्रधानमन्त्री प्रचण्ड मंगलबार एमाले अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललाई समेत लिई नेपाल निवास पुगेका हुन् । प्रचण्ड र ओलीले अब सँगै जाउँ भनेर प्रस्ताव गरेका एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले बताए ।

 

सँगै जान एकीकृत समाजवादी सकारात्मक देखिएको एमाले महासचिव शंकर पोखरेलले बताए । ‘एकीकृत समाजवादी सत्ता गठबन्धनमा मिसिन सकारात्मक देखिएको छ। भोलि बैठक बसेर उहाहरूले निर्णय लिने जवाफ दिनुभएको छु,’ पोखरेलले बैठकपछि भने।

Tags

छुटाउनु भयो कि ?