टप खबर

नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति

Lumbinikhabar Online

नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ । मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने चार दलको निर्णय छ । यसैगरी संक्रमणकालीन न्याय, शान्ति प्रक्रिया सहमतिका आधारमा टुंग्याउने, संघीयता कार्यान्वयनसम्बन्धी कानुनहरू निर्माण गर्ने तथा सरकारमा सहभागी दलहरूबीच साझा न्यूनतम कार्यक्रम तय गर्ने उल्लेख छ।

Tags

छुटाउनु भयो कि ?