टप खबर

अमेरिका द्वारा रूसमाथि पाँच सयभन्दा बढी नयाँ प्रतिबन्ध लगाउने घोषणा

Lumbinikhabar Online

अमेरिकाले रूसमाथि पाँच सयभन्दा बढी नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यूक्रेनसँग जारी युद्ध र रूसका विपक्षी नेता एलेक्सी नवालनीको मृत्युलाई कारण बताउँदै अमेरिकाले रूसमाथि ५ सयभन्दा बढी नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ।

 

यूक्रेनमाथि रूसले आक्रमण सुरु गरेको २ वर्ष पूरा भएको अवसरमा अमेरिकाले यस्तो घोषणा गरेको हो। रूसको प्रमुख कार्ड पेमेन्ट सिस्टम, आर्थिक र सैन्य संस्थान तथा नवालनीको आर्कटिक सर्कल जेलका अधिकारीलाई लिएर अमेरिकाले प्रतिबन्धको घोषणा गरेको बताइएको छ। अमेरिकाले लगाउने नयाँ प्रतिबन्धमा रूसको करिब १ सय फार्म र केही व्यक्तिहरू पनि छन् जसलाई आवतजावत र निर्यातमा समस्या हुनेछ।

Tags

छुटाउनु भयो कि ?