टप खबर

दक्षिणपन्थीसँग गठबन्धन गर्नु भन्दा वामपन्थीसँग गठबन्धन गर्नु ठिक : झलनाथ खनाल

Lumbinikhabar Online

नेकपा एकीकृत समाजवादीका सम्मानित नेताले झलनाथ खनालले दक्षिणपन्थीसँग गठबन्धन गर्नु भन्दा वामपन्थीसँग गठबन्धन गर्नुपर्ने बताएका छन् । आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकको अन्तिममा बोल्दै उनले वर्तमान गठबन्धन प्रति सन्तुष्ट देखिए । उनले भने, ‘ हामी नयाँ ढङ्गले अगाडि बढ्न सक्छौ तर हाम्रो पार्टीले ठिक दिशा लिन सक्नुपर्छ । यसो हुँदा अरू वामपन्थीलाई पनि एकताबद्ध गर्न सक्छौँ । वाम पन्थी एकता किन नगर्ने भन्न सक्छौँ । हामीसँग क्रान्तिको सिङ्गो शृंखला हुनुपर्छ । पुँजीवादी दक्षिणपन्थीसँग गठबन्धन गर्ने भन्दा वामपन्थीसँग गठबन्धन गर्न यो कारणले सही छ भन्ने कुरा आउँछ । अनि मात्र वामपन्थी एकता कायम हुन्छ।’

Tags

छुटाउनु भयो कि ?