टप खबर

पाँच महिनामाको रेमिट्यान्स ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ

Lumbinikhabar Online

चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा रेमिट्यान्स ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ पुग्दा नेपालबाट भ्रमणमा जानेले ७६ अर्ब खर्चेका छन् । नेपाल राष्ट्र बैंकका अुनसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक अवस्थामा रेमिट्यान्समा उत्साह कायम रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको थियो ।

 

अहिले रेमिट्यान्स विप्रेषण आप्रवाह २७ दशमलव ६ प्रतिशतले वृद्धि भई ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ दशमलव ५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव १ प्रतिशतले बढेको थियो ।

 

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ७३ हजार ५ सय ५५ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लख ४ हजार ३७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ३६ हजार ७ सय ७९ र १ लाख १५ हजार ९ सय ४८ रहेको थियो ।

 

रेमिट्यान्स बढेसँगै शोधनान्तर स्थिति पनि मजबुत हुन पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब १० अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोडले मात्रै बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाख रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ५८ करोडले बचतमा रहेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

Tags

छुटाउनु भयो कि ?